Section 8A
आर्थिक कारोबारको विवरण माग गर्न सक्ने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै व्यक्ति, संघ–संस्था, फर्म, कम्पनी वा अन्तर्राष्ट्रिय संगठनले लागू औषधको अवैध कारोबार गरेकोछ भन्ने विश्वसनीय आधार भएमा औषध नियन्त्रण अधिकारीले त्यस्तो व्यक्ति, फर्म, संघ–संस्था, कम्पनी वा अन्तर्राष्ट्रिय संगठनको नाममा कुनै बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त विवरणको रकम लागू औषधको अवैध कारोबारमा प्रयोग हुने देखिएमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित बैंक वा वित्तीय संस्थालाई त्यस्तो रकम रोक्का राख्न आदेश दिन सक्नेछ ।